नेकपा एसको सचिवालय बैठक बस्दै : सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।

पार्टीका महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरूले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए ।

महासचिव भुसालले भने, “उहाँहरूले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।”

  • २३ फाल्गुन २०८०, बुधबार ०९:१७ प्रकाशित