एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

  • २२ फाल्गुन २०८०, मंगलवार १६:१२ प्रकाशित