लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलमा सो आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको उनको भनाइ थियो ।

त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।

  • २२ फाल्गुन २०८०, मंगलवार १५:५२ प्रकाशित