जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ । मन्त्रालयको टुङ्गो नलागिसकेकोले सो पार्टीको तर्फबाट तत्काल अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी नहुने भएका छन् ।

  • २२ फाल्गुन २०८०, मंगलवार ११:०४ प्रकाशित