पोखरा ।
गण्डकी प्रदेशमा सत्ता समीकरण परिवर्तनको असर देखिएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएको भोलिपल्टै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयले पुष्टि गरेको छ ।
दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।