पोखरामा सहकारी ठग्ने ३ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सहकारी ठगी कसुरमा ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोडमा सञ्चालित श्री बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सहकारीका संचालक समितिका अध्यक्ष वर्ष ५६ का सुवर्णमान नकर्मी, संचालक समितिका सदस्य एवं ऋण संयोजक वर्ष ३३ का कृष्णमान श्रेष्ठ र उक्त संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने वर्ष ४५ का उदित सन्दिप पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनीहरुलाई गत आइतबार(फागुन २० गते) उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि ७ दिन म्याद थप गरी थप प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार ०९:४० प्रकाशित