अज्ञात समूहद्वारा १५ वर्षीय बालिकाको हत्या

केन्द्रभाग मिडिया

मोरङ ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • २२ फाल्गुन २०८०, मंगलवार ०८:४७ प्रकाशित