दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका दुग्ध किसान

केन्द्रभाग मिडिया

चितवन ।

दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् ।

जिल्लामा उत्पादित दूधमध्ये दैनिक ६० हजार लिटर बिक्री हुन नसक्दा प्रतिलिटर ७० रुपैयाँको हिसाबले ४२ लाख रुपैयाँ किसानले घाटा व्यहोरेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि सहकारीहरुले किसानबाट संकलन गरेका दूध बिक्री भएका छैनन् ।

साउन यताको भुक्तानी ५२ करोड रुपैयाँ पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दूध हिजोआज बिक्री हुन नसकेको हो ।

  • २१ फाल्गुन २०८०, सोमबार १७:०१ प्रकाशित