म रहुन्जेल उथलपुथल भइरहन्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू रहुन्जेल राजनीतिमा उथलपुथल भइरहने बताएका छन् ।सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा उनले आफू रहेसम्म राजनीतिमा उथल पुथल भइरहने बताएका हुन् ।

उनले भने, ‘कांग्रेससँगको सहकार्य राम्रो भएन । मलाई केही प्रतिक्रियावादीहरुले बुझ्न नसक्ने मान्छे भन्छन् । तर आजको दिन नयाँ क्रम भंगको दिन हो । अब नयाँ कोणबाट राजनीति अगाडि बढ्छ ।’

उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

  • २१ फाल्गुन २०८०, सोमबार १५:३७ प्रकाशित