देउवाले बोलाए आकस्मिक बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बिहान १० बजे बैठक बोलाएका हुन् ।

सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका एक पदाधिकारीले बताएका छन् । पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धनको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसहितको समर्थनमा प्रधानमन्त्री भएपछि कांग्रेस सत्ता विमुख भएको थियो ।

कांग्रेस नेतृत्वको गठबन्धन एक वर्ष नपुग्दै भत्किएको छ ।

  • २१ फाल्गुन २०८०, सोमबार ०९:५६ प्रकाशित