कानुन समितिको बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै बैठक बस्दै नबसी स्थगित गरिएको समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले जानकारी दिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको थियो । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो ।

  • २१ फाल्गुन २०८०, सोमबार ०९:३२ प्रकाशित