विघटनतर्फ अघि बढ्यो गठबन्धन, देउवा बालुवाटारमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ ।

बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए ।

गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको हो ।

  • २१ फाल्गुन २०८०, सोमबार ०८:५७ प्रकाशित