शालिन मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले अस्पताल र होस्टेलविरुद्ध नारा जुलुस गरेका थिए । उनीहरू जबरजस्ती अस्पताल छिर्न खोजेपछि केही समय प्रहरीसँग धकेलाधकेल पनि भएको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको पोखरेल मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।

  • २० फाल्गुन २०८०, आईतवार १७:१० प्रकाशित