सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन्।
वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको ज्यान गएको हो ।













