मध्यराती घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

symbolic picture

विराटनगर ।

सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।

कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन् ।

प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ । के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन ।

  • २० फाल्गुन २०८०, आईतवार ०९:४९ प्रकाशित