काठमाडौं ।
राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो ।
निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा ९१० बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।
प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले बताएका छन्।
रास्वपाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम २ मा आफूलाई केन्द्रित गरेको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाएको छ भने आज रास्वपाका ७ जना सांसद इलाम जाँदैछन् ।













