बेलबारीमा ३ वटा सवारी ठोक्किंदा २ जनाको ज्यान गयो, ३ जना घाइते

केन्द्रभाग मिडिया

विराटनगर ।

मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

आज बिहान पूर्व(पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको ज्यान गएको हो । तीन जना गम्भीर घाइते हुन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।

  • १८ फाल्गुन २०८०, शुक्रबार ०९:४३ प्रकाशित