बागलुङ बसपार्कमा काठको मुडाले हानी दुई जनालाई घाईते बनाउने सुमन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको बागलुङ बसपार्कमा काठको मुडाले हानी दुई जनालाई घाईते बनाउने युवक पक्राउ परेका छन् ।

फागुन १५ गते मंगलबारको दिन पोखरा महानगरपालिका वडा नम्बर २ बागलुङ बसपार्कमा सोही स्थानमा बस्ने वर्ष ७० का देव राउत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुडा प्रहार गरी फरार २६ वर्षीय सुमन केसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सुमनलाई हिजो फागुन १६ गते पोखरा महानगरपालिका वडा नम्बर २ नालामुखबाट पक्राउ गरिएको प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी श्रवण कुमार वि.क. ले जानकारी दिए । सुमनमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ फाल्गुन २०८०, बिहीबार १०:१८ प्रकाशित