छोराको जन्मदिनमा न्यौपाने दम्पतीले गरे स्वास्थ्य शिविर, दुई सयभन्दा धेरैले लिए लाभ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका एक दम्पतीले आफ्नो छोराको जन्म दिनको अवसरमा स्वास्थ्य शिविर गरेका छन् । पोखरा–१३ निवासी मेडिकल व्यवसायी रहेका मणि न्यौपाने र संगीता बरालले बुधबार छोरा बरदानमणिको पहिलो जन्म दिनको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेर मनाएका हुन् ।

उनीहरुले पोखरा १०, १२ र १३ का गरिव तथा विपन्नका लागि निःशुल्क सुगर र थाइराइड परीक्षणको व्यवस्था गरेका हुन् । सो शिविरबाट दुई सयभन्दा बढीले सेवा लिएका छन् । धेरै खर्चिलो गरी उत्सव मनाउनुभन्दा फरक र सबैलाई हित हुने काम गर्ने सोच अनुसार स्वास्थ्य शिविर आयोजना गरेको मणि न्यौपानेले जानकारी दिए ।

उनले भने ,“पहिलो सन्तानको रुपमा छोराको जन्म भएर पहिलो जन्म दिन मनाउदाँ हामी असाध्यै खुशी भयौँ । त्यो खुशीमा भोजभतेर गर्नुभन्दा प्रेमपूर्वक सबैलाइ सहयोग र सहकार्य गरौँ तथा सेवानै ठूलो कुरा हो भनेर स्वास्थ्य शिविर गरेका हौँ ।” न्यौपानेले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले न्यौपाने दम्पतीको कार्यप्रति खुशी व्यक्त गरे ।उनले यस्ता सामाजिक कार्यको समाजका अन्य व्यक्तिले समेत अनुसरण गर्नुपर्नेमा जोड दिए ।

  • १७ फाल्गुन २०८०, बिहीबार ०७:२५ प्रकाशित