पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा मन्त्व्य व्यक्त गर्दै जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले जिल्ला समन्वयका पदाधिकारीको कार्य सम्पादनमा सुधार ल्याउने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको उल्लेख गरे।
पौडेलले हरेक क्रियाकलाप सकारात्मक सोच र चिन्तनले मात्रै सफल हुने हुदा सकारात्मकता वृद्धि गर्न तालिम फलदायी भएको र कार्यसम्पादनको स्तरमा सुधार ल्याउन एबम सुशासन बिकास प्रभाबकारी बनाउन फलदायी भएको पौडेलले उल्लेख गरे।

तालिममा जिबनकला र सकारात्मक सोच ,जीवन व्यवस्थापन र कार्यसम्पादनका सिपहरू ,सुशासनमा सकारात्मक व्यहारको भूमिका ,विकास व्यवस्थापन र सकारात्मक सोच विषयमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत र सचालन उप सचिब मुना अधिकारीले गरेका थिए । गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख ,उप –प्रमुख र जिल्ला समन्वय अधिकारी सहभागी प्रशिक्षण कार्यक्रममा डा.राजु अधिकारीले सहजीकरण गरेका थिए ।













