एमाले सरकार फेर्ने खेलमा लागेको छैन : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको बताएका छन् । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताए । विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको पनि बताएका छन् ।

राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बद्लनका लागि पनि हामीले मिसन ८४ भनेका हौ ’उनले भने । प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडी बढाउनुपर्नेमा गठबन्धनको दम्भले अहिलेको सरकारले नसुने उनको आरोप थियो ।

अध्यक्ष ओली कांग्रेस प्रति भने आक्रामक बनेका छन् । कांग्रेस सरकार सत्तामा पुग्ने र टिकाउने खेलमा मात्रै लागेको उनको आरोप रहेको छ ।

प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने उनको भनाइ रहेको छ । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको उनको आरोप रहेको छ । ‘जनवादी प्रगतिशील भएर अगाडि बढ्नु पर्ने ठाउँमा कांग्रेस पछाडि सरिरहेका उनको आरोप छ ।

  • १६ फाल्गुन २०८०, बुधबार १४:४२ प्रकाशित