पोखरा ।
पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता आगामी चैत ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजना उक्त एट ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।
बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विषम पहारीले जानकारी दिए ।
स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री थिए । उनको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बताएको छ । आयोजकको अनुसार प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागि हुनका लागि कम्तिमा ३५ वर्ष उमेर पूरा हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । टिम दर्ता फोनबाटसमेत ९८१६६९९९९२, ९८१५१८२९२१, ९८४३३९२९३६ गर्न सकिने आयोजकले जनाएको छ ।