शाखा अधिकृतको दोस्रो चरणको परीक्षामा ९ हजार जनाले प्रतिस्पर्धा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित भएको भएको छ । लोकसेवा आयोग मंगलवार २७ माघमा लिइएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२१ हजार २७ जना सहभागी भएको परीक्षाबाट ९ हजार २९३ जना दोस्रोका चरणका लागि छानिएका छन् । १४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ । छनोट भएका परीक्षार्थीले साविककै प्रवेश पत्र प्रयोग गरेर दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोक्ने परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार १६:३६ प्रकाशित