आज पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६७ पैसा रहेको थियो ।

डलर एकको खरिददर डलर एकको खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा रहेको छ ।आज युरो एकको खरिददर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७० पैसा र बिक्रीदर २७ रुपैयाँ ८३ पैसा रहेको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार १०:३० प्रकाशित