पत्रकार रमेश पौडेललाई मातृशोक

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक, नेपाली कांग्रेसका गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे कुस्मा-९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो ।

उनका ५ छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) र दुई छोरीहरु (सिता सापकोटा र विना अधिकारी) छन् ।

स्वर्गीय आमा इन्द्रकला पौडेलको आज विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।

 

  • १५ फाल्गुन २०८०, मंगलवार ०६:५८ प्रकाशित