पोखरा ।
पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । माछा मार्नसँगै गएका अन्य ३ जना सकुशल रहेको बताइएको छ।
माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका– १ कसेरी बस्ने ४० मंगा तामाङको ज्यान गएको हो । उनको शव ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिमसहितको फौजले गए राती पौने १ बजे निकालेको हो । बेपत्ता रहेका सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्धार टिमले खोजी कार्य जारी राखेको छ ।
शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।













