मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ ।

देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौँ गएका हुन् । उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन । मिटरब्याज विरुद्धको आन्दोलन आज २६ औं दिनमा पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरू भएको आन्दोलन यतिबेला काठमाडौँ केन्द्रित छ । आज २६ औं दिनमा काठमाडौँमा विरोधसभाको आयोजना गरेका छन् ।

  • १३ फाल्गुन २०८०, आईतवार १४:४१ प्रकाशित