पानी ट्यांकी उत्पादनमा अब्बल पन्थी इन्डष्ट्रिज (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पानी ट्यांकी निर्माणमा पन्थी इन्डष्ट्रिज प्रालि पोखराले आफूलाई अब्बल रुपमा स्थापित गर्दै लगेको छ । दूध र दुग्धजन्य पदार्थमा आफूलाई अब्बल सावित गरिसकेको पन्थी इन्डष्ट्रिजले पछिल्लो ६ वर्ष अगाडि देखि पानी ट्यांकी निर्माण गर्न लागेको हो । पन्थी ब्राण्डको ट्यांकी हाल पहाड र तराईका विभिन्न ठाउँमा निकै मन पराएर जडान गरिएका पन्थी इन्डष्ट्रिजका सञ्चालक रेसमराज पन्थीले जानकारी दिए ।

पहाडमा ट्यांकी बनाउन कठिन भएकाले पहाड फोकस गरेर ट्यांकी उत्पादन र विक्री भइरहेको उनले बताए । तराईमा पनि आफूहरुले उत्पादन गरेका ट्यांकी निकै उपयोगी रहेका उनले उल्लेख गरे । खिया नलाग्ने जिन्डल प्रिन्टेड स्टिलबाट निर्मित ट्यांकीमा तातो/चिसो पानी जम्मा गर्न सकिन्छ ।

समुदायमा आवश्यकता अनुरुप सानादेखि ठूला ट्यांकी जडान गर्नसके आगलागी जस्ता प्रकोपबाट जोगाउन सकिने उनको ठम्याई छ । एक हजार देखि ४ लाख लिटर क्षमतासम्मका ट्यांकी निर्माण गरिएको सञ्चालक पन्थी बताउँछन् । निर्मित ट्यांकी १०० वर्षभन्दा धेरै समय टिक्ने उनले दाबी गरे । आफ्ना उत्पादन अन्य उत्पादन र टिकाउको तुलना गर्दा निकै सस्तो मूल्य पर्ने उनको दाबी छ ।

जापानी प्रविधिबाट निर्मित एक हजारको ट्यांकी दैनिक एक सय वटा उत्पादन गर्ने क्षमता उद्योगको छ । बस्ती बाक्लो भएका ठाउँमा आगोलागीबाट बचाउन समेत आवश्यकता अनुरुपको क्षेमतामा ट्यांकी निर्माण गरेर जडान गर्न सकिन्छ । त्यसैगरी विद्यालयका बालबालिकालाई पनि गुणस्तरीय पिउने पानी उपलब्ध गराउन आफ्ना उत्पादन निकै उपयोगी रहेका उनले जानकारी दिए ।

  • १३ फाल्गुन २०८०, आईतवार १२:०४ प्रकाशित