कास्कीमा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालियो

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौँ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । जर्मन घर भई पोखरा घुम्न आएकी पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले आज बिहान निकालेको हो ।

आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।

  • १३ फाल्गुन २०८०, आईतवार ११:०२ प्रकाशित