कांग्रेसले राष्ट्रिय सभामा निर्वाचित सांसदलाई आज प्रशिक्षण दिने

केन्द्रभाग मिडिया

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ ।

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो । छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

नेपाली कांग्रेसबाट राष्ट्रियसभामा नवनिर्वाचित १० सहित सांसदको संख्या १६ पुगेको छ ।

  • १३ फाल्गुन २०८०, आईतवार ०९:११ प्रकाशित