रुसी सेनामा रहेका २४० नेपालीले दिए उद्धारका लागि निवेदन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।

उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारका माग गर्दै निवेदन परेको बताए । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन् ।

रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको ज्यान गइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । तीबाहेक अन्य नेपालीको पनि ज्यान गएको अनुमान गरिएको छ । उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ । शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउने बताइएको छ ।

रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १५:४९ प्रकाशित