पोखरा ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमला सिफारिस भएका थिए । तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका थिए ।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।