नेपाल ‘ए’ क्यानडासँग चार विकेटले हार्‍यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ ।

पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३८।५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

  • १० फाल्गुन २०८०, बिहीबार १६:४२ प्रकाशित