गठबन्धन सरकारप्रति पार्टीमा असन्तुष्टि छ : झलनाथ खनाल

केन्द्रभाग मिडिया

झापा ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीमा व्यापक असन्तुष्टि रहेको बताएका छन् ।

बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै खनालले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको टिप्पणी गरे । देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै उनले आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथ नयाँ ढंगले सरकार आउनुपर्ने उनले औंल्याए ।

  • ९ फाल्गुन २०८०, बुधबार १६:३९ प्रकाशित