काठमाडौंको सिताइलामा तीन जनाको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको अुनसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको हो ।
हत्या हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।
बरु ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् ।
परिवारका तीन सदस्यको हत्या गरेका राजुले आफैले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएको बताईको छ । आत्महत्या गरेका राजु वि.कले आफैँले परिवारलाई खबर गरेको बताइएको छ । घटनाको सूचना पाएलगतै प्रहरीले उनको खोजी गरेको थियो । तर घरभन्दा केही पर उनको शव भेटिएको छ । नागार्जुन(५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।
सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्किएर हेर्दा उनले केही झुण्डिएको जस्तो देखेकी थिइन् । छिमेकीलाई बोलाएपछि मान्छे झुण्डिएको निष्कर्षसहित उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बिहान ११ बजेर १३ मिनेटमा रुखमा मान्छे झुण्डिएको भनेर खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।