पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार पाउण्डको भाउ घटेको छ ।
आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०१ पैसा थियो ।डलर एकको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।















