तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको ंसंख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।
घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिएका छन् ।
यसअघि दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको ज्यान गएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













