पोखरा ।
पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।
सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका कास्की प्रहरीले जनाएको छ ।
उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।