वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज सिरियासँग खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।

नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् ।

सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।

  • ८ फाल्गुन २०८०, मंगलवार ११:०० प्रकाशित