गण्डकीका प्रमुख पृथ्वीमान गुरुङद्धारा प्रदेश अधिवेशन आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख गरिए अुनसार अधिवेशन फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट सुरु हुने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन प्रदेश सभा भवन नदीपु्रमा आरम्भ हुने विज्ञप्तिमा जनाइएको छ ।

  • ६ फाल्गुन २०८०, आईतवार १७:०२ प्रकाशित