काठमाडौँ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्ने बताएका छन् ।
बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौँको बत्तिस पुतलीमा आइतबार गरेको चियापान समारोहमा कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू मौलिकतामा आधारित हुनुपर्ने बताए ।
महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।
‘यसपालि केन्द्रीय समितिमा पेश भएको महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा आएन। परिमार्जन होस् भन्ने मेरो चाहना हो, मौलिकतामा आँच आउन हुँदैन । मौलिकतामा आधारित बनाउनुपर्छ,’ कोइरालाले भने, ‘पहिलेका महासमिति र यस पटक केही अन्तर हामीले पाएका छौँ । मलाई के लागेको छ भने —कतै कांग्रेसले मौलिकता त गुमाएको होइन रु यसमा मलाई चिन्ता लागेको छ।’
नेता कोइरालाले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको बताए।













