पोखरा ।
१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधी क्याका धावक जुलियास मुरौकीले जितेका छन् ।
नेपाल भूतवूर्व खेली मञ्चको आयोजनामा सम्पन्न शनिबार भएको ४२ दशमलब १९६ किलोमिटरको खुला म्याराथनमा उनले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् ।
क्यान्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भए ।
उनले ३ लाख रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी एइविन किप्लागट मिरितिमले २ घण्टा २० मिनेट ४० सेकेण्डमा पार गर्दै तेस्रो भए । उनले २ लाख ३० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।