मन्त्री ज्वालालाई बर्खास्त गरेर कारबाही गर्न एमालेको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको छ । मन्त्री ज्वालाई बर्खास्त गरेर कारबाही गर्नुपर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गुम्ने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले बर्खास्त गर्नुपर्ने माग गरेको हो ।

मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निकालि सकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको प्रमुख सचेतक बर्तौलाको भनाई छ ।

‘तत्काल उहाँलाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ । यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन’ उनले भने ।

  • ५ फाल्गुन २०८०, शनिबार ११:५० प्रकाशित