तनहुँमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

केन्द्रभाग मिडिया

तनहुँ । तनहुँको शुक्लागण्डकीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किदा एक जना महिलाको ज्यान गएको छ । शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार बेलुका ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार शुक्लागण्डकी–१ थप्रेककी पीपलकौरी गुरुङको ज्यान गएको हो।

ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १३:१५ प्रकाशित