एसीसी वुमन्स प्रिमियर कपः नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।

यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउनेछन् ।

पहिलो सेमिफाइनमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको छ साथै एसिया कपमा पनि छनोट भइसकेको छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १२:५९ प्रकाशित