सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

केन्द्रभाग मिडिया

पोखरा । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

शुक्रबार सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १२:२९ प्रकाशित