किसानहरुको आह्वानमा भारत बन्द

केन्द्रभाग मिडिया

काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।

बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा रहेका भारतिय मिडियाले जनाएका छन् ।

किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएपछि उनीहरुले शुक्रबार (आज) बन्द आह्वान गरेका हुन् ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १२:०९ प्रकाशित