आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

केन्द्रभाग मिडिया

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।

शुक्रबार मन्त्रालयमा बजेटको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार ११:४६ प्रकाशित