पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको छ ।














