पोखरा ।
प्रेस स्वतन्त्रता सेनानी एवं पोखराका अग्रज पत्रकार पत्रकार वद्रि विनोद प्रतीक यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित भएका छन् ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले प्रतीकलाई वीरगञ्जमा एक कार्यक्रमका बीच बुधबार बिहान सम्मान गरेको हो । प्रतीकलाई एक तोला सुनको तक्मासहितको पुरस्कार वीरगञ्जका मेयर राजेशमानिसंह श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले प्रदान गरे ।
विरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।
अग प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा केन्द्रका पूर्व उप सभापति हुन् । प्रतीकले नेपाल सरकारबाट बरिष्ठ पत्रकार सम्मान, पोखरा पत्रकारिता सम्मान, गोविन्द वियोगी पत्रकारिता पुरस्कार लगायत प्राप्त गरिसकेका छन् । उनले लामो समय पत्रकारिता विषय अध्यापन पनि गरे थिए ।













